
नेकपा एमाले छाडेर नयाँ पार्टी दर्ता गर्नतिर लागेपछि माधव नेपाल पक्षधर एमालेका २० केन्द्रीय सदस्य पार्टी संस्थापन पक्षमै रहेको पाइएको छ ।
नेता नेपालले नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बनाएपछि एमालेका नेताहरूको पार्टी रोज्ने क्रममा ती २० नेताले एमाले नै रोजेका हुन् ।
सर्वोच्च अदालतले पार्टी पुनःस्थापना गरेयता ती नेताहरु आज पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन लागेको उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतले उपलव्ध गराएको सूचीअनुसार, झपट रावल, भानुभक्त जोशी, ठाकुर गैरे, राजबहादुर बूढा, रवीन्द्र अधिकारी, निरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धर एमालेमै रहने भएका हुन् ।
त्यस्तै, अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले पनि एमालेमै आबद्ध हुने भएका हुन्।
संस्थापन पक्षमै रहेका नेताहरु आज बोलाइएको केन्द्रीय समिति बैठकमा उपस्थित हुने बताइएको छ ।