२५ बैशाख २०८१, मंगलवार

विभाजनपछिको समिक्षा: एमाले केन्द्रीय कमिटी बैठक

60dc2c3aaaeef uml centeral
फाइल फोटो

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । माधव कुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी बनेपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

बैठक आज १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको तामाङले जानकारी दिए । आज बैठकबाट एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) मा लाग्ने नेता तथा सांसदलाई कार्वाहि पनि गर्ने योजना रहेको छ ।

त्यस्तै बैठकमा यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु अनुमोदन हुनुका साथै पार्टी विभाजनपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने कार्यसूची रहेको छ ।

एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमती कार्यान्वयनबारे पनि बैठकमा छलफल हुनेछ ।