१३ बैशाख २०८१, बिहीबार

धौलीगंगा बाँधको ढोका खोल्दै भारत, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Dhauliganga reservior
फाइल फोटो

भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ । बाँधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

ड्याम सरसफाइका लागि बाँधका ढोकाहरु खोलिन लागेको जानकारी भारतको एनएचपिसी लिमिटेडले जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । एनएचपिसीले बाँध खोल्नेबारे पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

बिहीबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बाँधका ढोका खोलिने उनले बताए । २०७० सालमा भारतले नेपाली पक्षलाई जानकारी नदिएर बाँधका ढोका खोल्दा दार्चुला सदरमुकाम खलंगामा बाढी आएर ठुलो क्षति पुगेको थियो ।

Duchana DAO

    सम्बन्धित समाचार...