१२ बैशाख २०८१, बुधबार

अध्यक्ष प्रचण्डकाे भनाइप्रति एमाले अध्यक्ष ओलीकाे आपत्ति

oli prachanda
फाइल फोटो

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति आपत्ति जनाउनु भएको छ ।

अध्यक्ष ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले बिल्कलै झूट बोलेको दाबी गर्दै देशका अगाडि बेइमानपूर्ण कुरा नगर्न पनि चेतावनी दिनुभएकाे हाे ।

बुधबार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उहाँले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसायनै फरक रहेको दाबी समेत गर्नुभयो ।

आफ्नो पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ? अध्यक्ष ओलीको प्रश्न थियो ।