१३ बैशाख २०८१, बिहीबार

नेकपा एकिकृत समाजवादी पार्टी वैधानिकताका लागि २९ सांसद र ५५ केन्द्रीय सदस्यद्वारा हस्ताक्षर

madhav nepal 768x512 1

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीकाे वैधानिकता लागि आवश्यक सदस्यले निर्वाचन आयोगमा हस्ताक्षर गरेका छन् । ५४ केन्द्रीय सदस्य र २९ सांसदद्वारा हस्ताक्षर गरेकाे एकिकृत समाजवादीका नेता गंगालाल तुलाधरले बताउनुभएकाे छ ।

अध्यक्ष माधवकुमार नेपालसहित पार्टीका सबै प्रभावशाली नेताहरूले सनाखत हस्ताक्षर गरेको उहाँकाे भनाइ छ ।

‘पर्याप्त संख्याको हस्ताक्षर भएको छ, औपचारिक र वैधानिक रुपमा नेकपा एकीकृत समाजवादी दर्ता हुने क्रममा छ, आजै प्रमाणपत्र पाउँछौँ,’ तुलाधरले भन्नुभयाे ।

सनाखतका लागि दिउँसो २ बजेसम्मको समय रहेकोले यो संख्या बढ्ने क्रम जारी रहेकाे तुलाधरले बताउनुभयाे ।