
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा एमालेका केन्द्रीय सदस्य २७ प्रतिशत र २४.७९ प्रतिशत सांसदहरू खुलेका छन् ।
नयाँ दल दर्ता प्रयोजनका लागि गरेको बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा ५५ जना केन्द्रीय सदस्य र ३० सांसदले हस्ताक्षर गरेका हुन् । साविक एमालेको केन्द्रीय समिति दुई सय तीन र संसदीय दल एक सय ५४ सदस्यीय छ ।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए नयाँ दल दर्ता गर्न सकिने उल्लेख छ । त्यस आधारमा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा अध्यादेशको प्रावधानभन्दा ७ प्रतिशत बढी केन्द्रीय सदस्य र ५ प्रतिशत बढी सांसद खुलेका छन् ।
केन्द्रीय सदस्य र सांसदमा २० प्रतिशतभन्दा बढी जुटाएकाले निर्वाचन आयोगले आजै माधव नेपाललाई नेकपा एकीकृत समाजवादी पार्टीको प्रमाणपत्र दिने छ ।