१५ चैत्र २०८०, बिहीबार

पौडीबाज गौरिकालाई कोरोना संक्रमण

Gaurika
फाइल फोटो

ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन ।

गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उनले कोरोन स‌ंक्रमण भएको हो ।

उनी आइसोलेसनमा बसेकी छन् । “भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,” लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छिन् ।