
प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरु चन्द्रागिरीबाट सिधैं निर्वाचन आयोग पुगेकाे छ
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले आफूहरु आयोग पुगिसकेकाे जानकारी दिनुभयो ।
गत सोमबारदेखि चन्द्रागिरी हिल्स रिर्सार्टमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चलेको थियो । त्यहाँबाटै उहाँहरू सिधै आयोग पुग्नु भएकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको अध्यादेश प्रमाणिकरण गर्नुभएपछि माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न निवेदन दिनुभएको थियो ।
आयोगले आज बुधबार भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्न लागेको हो । यसको लागि आयोगले साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याएको छ ।