
फाइल फोटो
नेपाली कांग्रेसकाजिल्ला सभापतिहरु अनसनमा बस्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले बुधबारदेखि २४ घण्टे रिले अनसन शुरु गर्न लागेका हुन् ।
क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै उनीहरु मंगलबार धर्ना बसेका थिए । पार्टीलाई थप दबाब दिन रिले अनसन शुरु गर्न लागेको एक जिल्ला सभापतिले जानकारी दिनुभयो ।
धर्ना बस्दा पनि पार्टीले आफूहरुको माग सुनुवाइमा ध्यान नदिएपछि अनसन बस्ने निर्णय गरेको उनीहरुको भनाइ छ ।
बुधबार नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला अनसन बस्नेछन् ।
प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनसनमा बस्ने बताइएको छ ।