१४ बैशाख २०८१, शुक्रबार

अब राति ८ बजेपछि उपत्यकामा गाडी चलाउन पाइने, निषेधाज्ञा १६ गतेसम्म

bus
फाइल फोटो

काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी संचालनमा गर्न पाइने भएको छ । स्थानीय प्रशासनले यसअघिको निर्णयलाई खारेज गर्दै नयाँ निर्णय गरेको हो । नयाँ निर्णय अनुसार अब भदौ ९ गतेदेखि राति ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी संचालन गर्न पाइनेछ ।

मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि गरिएको निर्णयमा पुनर्विचार गर्दै यस्ताे निर्णय गरेकाे हाे । बैठकले उपत्यकामा निषेधाज्ञाको अवधि थप एक हप्ता लब्याउने निर्णय पनि गरेकाे छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूकाे संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै भदौ १६ सम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेका हुन् । बैठकले जुलुस गर्न र भौतिक उपस्थितिमा शैक्षिक संस्था संचालन गर्न पनि रोक लगाइएको छ ।

बैठकले स्थानीय ढुवानी बिहान ९ देखी ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न पनि रोक लगाइएको छ । स्थानीय प्रशासनले सभा, सम्मेलन, सिनेमा हल, डान्सबार, स्विमिङ पुल र खेलकुद प्रतियोगिता आयोजना गर्न रोक लगाउने पूर्ववत निर्णयलाई निरन्तरता दिएको छ ।