१३ बैशाख २०८१, बिहीबार

हामी पनि मान्छे हौँ भनेर बुझि दिनोस् : कायरा

kayara avani

फिल्मका कलाकारबारे धेरै जसोले चासो राख्ने गर्छन् । उनीहरु कुन कलाकार के गरिरहेका हुन्छन् , कोसँग नजिक छन् या के गर्दैछन् भन्ने बारेमा निकै चासो राखेको पाइन्छ ।

यहि हिसावले हेर्ने हो भने बलिउडका कलाकारको बारेमा भारतिय मात्र नभएर नेपालका दर्शकले समेत चासो राख्ने गरेका छन् । उनीहरुलाई आउने कतिपय प्रतिक्रियाले कलाकारमा असर समेत पर्ने गरेको छ । यहि भिडमा अभिनेत्री कियारा आडवाणीले सामाजिक संजालमा नकारात्मक प्रतिक्रिया नदिन सुझाव दिएकी छन् ।

उनले नराम्रो टिप्पणी दिने दर्शकलाई कलाकार पनि मान्छे हो भनेर बुझिदिन आग्रह गरेकी छन् । उनले सञ्जालमार्फत भनेकी छिन्,‘ अभिनेत्री पनि मानिस हुन् । उनीहरुको पनि भावना हुन्छ । उनीहरु संवेदनशिल हुन्छन् भनेर बुझ्न आवश्यक छ ।’

उनले यसरी सामाजिक संजालमा आउने प्रतिक्रियालाई आफूले वास्ता नगरेको दाबी गरेकी छन् । ‘म सधै नै एक सामान्य दिनको अपेक्षा गर्दछु । यसैले पनि म प्रतिक्रियाहरुमा खासै वास्ता गर्दिनँ । हामी पनि एक मानिस हौं । तर, कहिलेकाही मेरो ममी र ड्याडीले प्रतिक्रियाहरु पढ्नुभयो होला भनेर म सोच्छु ।’

उहाँहरुलाई मेरो बारेमा आएका नराम्रा प्रतिक्रियाहरु मन नपरेपनि उहाँहरुले पढ्नुभयो होला भन्ने मेरो दिमागमा आउँछ,’उनले भनिन् ।
कियरा बलिउडमा सफल अभिनेत्रीको पहिचानका रुपमा चिनिन्छिन् । उनले अभिनय गरेको फिल्म ‘शेरशाह’ले ओटीटी प्लेटफर्ममा तारिफ कमाइरहेको छ ।