६ बैशाख २०८१, बिहीबार

महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते गर्ने एमालेको निर्णय

uml 61

नेकपा एमालेको स्थायी कमिटी बैठकले एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज बसेको बैठकमा यसअघि भदौ २७ र २८ मा तोकिएको विधान महाधिवेशन असोज ४, ५ र ६ गते गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै बैठकले स्थायी कमिटी बैठक भदौ २५ र २६ गते तथा केन्द्रिय कमिटी बैठक २७ र २८ गते गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

यसैगरी स्थानीय तहमा कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ ।

यस्तै बैठकले यसअघि विवाद समाधान कार्यदलले प्रस्तुत गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनमा सहजीकरणका लागि एक कार्यदल गठन गरेको छ ।

कार्यदलमा एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, घनश्याम भुसाल, लेखराज भट्ट र सुरेन्द्र पाण्डे रहनुभएको छ ।

एमाले भित्रका सबै कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन बैठकले निर्देशन दिँदै दल दर्ताको प्रक्रियालाई रोकेर माधव नेपाल समूहलाई एमालेमा फर्किन समेत आग्रह गरेको छ ।

एमालेमा लामो समयदेखि असन्तुष्ट रहँदै आउनुभएका नेताहरू पनि आजको स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको थियो ।