६ बैशाख २०८१, बिहीबार

आज बसेको ऐतिहासिक स्थायी कमिटीको बैठक पछि नेकपा एमालेको सामूहिक तस्विर

uml photo

नेकपा एमालेको स्थायी कमिटी वैठक आज विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । एमालेको आज बसेको ऐतिहासिक स्थायी कमिटीको बैठक पछिको तस्विर पनि खिचाइएको छ ।

आज बसेको एमाले स्थायी कमिटी बैठकमा माधव नेपालसँग अलग्गिएको मध्यमार्गी समूहसहित पूर्वमाओवादी समूहसमेत सहभागी भएको थियो ।

बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसन गरिएको थियो । फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमशः उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल थिए । उनीहरू दुवै माधव नेपालबाट अलग भएर मूलधारमा आएका हुन् ।

एमाले पार्टी कार्यालयमा रहेको तुल्सीलाल अमात्यको सालिक अगाडि फोटोसेसन भएको थियो । तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् ।