
नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दै छ ।
अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने बताइएको छ ।
सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो ।
सोमबारको छलफलमा तत्कालीन एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको ज्ञवालीले जानकारी दिनुभयो ।
आजको बैठकले माधवकुमार नेपाल पक्षलाई पार्टीमा फर्कन आह्वान समेत गर्ने नेता सुरेन्द्र पाण्डेले बताउनुभयो ।
तर प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष ओली र तेस्रो धारमा रहेका नेताहरूबीचको सहमतिलाई फण्डाको संज्ञा दिनुभएको छ । सोमवर चन्द्रागिरीमा आफ्ना सांसद र केन्द्रीय कमिटीका सदस्यहरूसँगको छलफलमा नेता नेपालले आफूहरूको पार्टी दर्ता हुन नदिनका लागि ओलीले षड्यन्त्र गरेको टिप्पणी गर्नुभएको थियो ।
ओलीले इमान्दारितापूर्वक एकता चाहेको हो भने पार्टी दर्ता भएपछि पनि खुला रूपमा सम्वाद गर्न सकिने नेपालको भनाइ थियो ।