७ बैशाख २०८१, शुक्रबार

चन्द्रागिरि रिसोर्टमा नेपाल नेतृत्वका एकीकृत समाजवादीका नेताहरुको भेला

madhav nepal
फाइल फोटो

एमालेबाट विभाजित भएको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता आवासीय भेलाका लागि चन्द्रागिरि रिसोर्ट पुगेका छन् ।

पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखत हुने दुई दिन अघि एकीकृत समाजवादीका नेता चन्द्रागिरि पुगेका हुन् । रिसोर्टमा पार्टीका केन्द्रीय सदस्य र सांसद छन् ।

अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताबीच पार्टी एकता गरेर अघि बढ्ने सहमति भए लगत्तै माधवकुमार नेपालसहितका नेता एकान्ताबासका लागि चन्द्रगिरि पुगेका हुन् ।

तेस्रो धारका नेताले आफ्ना सदस्यलाई फकाउन सक्ने आंकलनसहित केन्द्रीय सदस्य र सांसदलाई एकै ठाउँमा राखिएको एकीकृत समाजवादीले जनाएको छ ।

निर्वाचन आयोगले सनाखतका लागि बुधबार बोलाएको छ । त्यसैले यी नेताहरु भोलि पनि चन्द्रगिरिमै बस्ने अनुमान गरिएको छ ।