६ बैशाख २०८१, बिहीबार

नेकपा एमालेले सभामुखलाई धम्की दिएकोमा सत्ता गठबन्धनले जनायो आपत्ति

agni sapkota
फाइल फोटो

सत्तारुढ गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएको भन्दै कडा आपत्ति जनाएको छ ।

एमालेले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न दबाब दिँदै एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले सांसदहरुले सभामुखलाई धम्की दिएकोमा सत्तागठबन्धनले आपत्ति जनाएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति निकालेर संवैधानिक मर्यादा अवलम्बन गर्न समेत विपक्षी दलका नेता ओलीलाई आग्रह गरेका छन् ।

केही दिनअघि एमाले अध्यक्ष ओलीले एक अन्तर्वार्तामा माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेकोमा आक्रोश व्यक्त गर्दै सभामुखलाई संसद चलाउन र पदमा बस्न मन छ कि छैन भनेर धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको थियो ।

यस्तै एमाले सांसदहरुको टोलीले सभामुखलाई सिंहदरबारमा भेटेर १४ जना सांसदलाई पदमुक्त नगरे बल प्रयोग हुन सक्ने भनेर धम्काएका थिए । यही विषयलाई लिएर सत्ता गठबन्धन सभामुखको बचाउमा उत्रिएको हो ।