१३ बैशाख २०८१, बिहीबार

आज पनि लुम्बिनी प्रदेशसभामा एमालेद्वारा अवरुद्ध, रोष्टममा गरे नाराबाजी

narabaji lumbini pradesh

प्रमुख विपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभामा नाराजाजी गरेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार पनि अवरुद्ध गरेको छ ।

सोमबार प्रदेशसभा बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । उनीहरुले रोष्टममा गरे नाराबाजी गरेका छन् ।

एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो ।

सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने भनी निर्णय गरिसकेका छन् । एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ ।

narabaji lumbini pradesh 1