२९ बैशाख २०८१, शनिबार

जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा थपिँदै

lockdwon

उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञा थप गर्ने तयारी भएको हो ।

निषेधाज्ञाका विषयमा छलफल गर्न उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।

निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा छलफल हुने छ । संक्रमण बढेको भन्दै यसअघि पनि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । संक्रमणदर बढेको भन्दै सरकारले दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो ।

पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिँदै छ ।