
निर्वाचन आयोगले नेकपा एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने भएको छ ।
आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको तयारी गरेको हो ।
गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण बुझाउनु भएको थियो । तर आयोगले एमालेले केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको २६० सदस्य संख्यालाई तत्काल मान्यता नदिने भएको हो ।
नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।
आयोगले नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पु¥याउँदा हुने भएको छ ।