१५ चैत्र २०८०, बिहीबार

ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरे अहिलेसम्मकै ठूलो विद्रोह हुन्छ : घनश्याम भुसाल

ghanashyam

नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीभित्र अहिलेसम्मकै ठूलो विद्रोह हुने चेतावनी दिनुभएको छ ।

आज संचारकर्मीहरुसँग कुरा गर्दै नेता भुसालले १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीसँग कोही पनि नेता नरहने समेत गर्नुभएको हो ।

नेकपा एमालेको एकता प्रक्रियामा लागेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य लगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले गत आसार २७ गते दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए ।

तर नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको छ ।