१४ बैशाख २०८१, शुक्रबार

देशभर अझै ५६ जिल्लामा निषेधाज्ञा कायमै

lockdwon

कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर रोक्न लागू गरिएको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये १३ जिल्लामा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको गृहले जनाएको छ ।

चैत दोस्रो सातादेखि शुरु भएको कोरोना महामारीको दोस्रो लहर रोक्न सरकारले गत वैशाखदेखि विभिन्न मितिबाट लागू हुने गरि जारी गरेको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू भएको गृहले जनाएको हो । गृह मन्त्रालयका अनुसार बाँके, पर्सा, दाङ, बागलुङ, सल्यान, प्यूठान, पर्वत, बैतडी, दैलेख, महोत्तरी, रोल्पा, म्याग्दी र मुगु जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

त्यस्तै सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, नुवाकोट, धनुषा र अर्घाखाँचीमा निषेधाज्ञा लागू गरिएको छ ।

गृहका अनुसार डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम, इलाम, सिन्धुपाल्चोक, धनकुटा, अछाम, धादिङ, रौतहत, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, ओखलढुंगा, पाँचथर र तेह्रथुममा निषेधाज्ञा जारी रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत तराईका विभिन्न जिल्लामा पाँच सय र पहाडी जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विवरणमा प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा र स्याङ्जा, लुम्बिनी प्रदेशको दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै प्रदेश १ को धनकुटा र इलाम, प्रदेश २ को धनुषा, बारा, सप्तरी र सिराहा, बागमती प्रदेशको धादिङ, सिन्धुली र रामेछाप, गण्डकी प्रदेशको तनहुँ, लमजुङ र पर्वत, लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा दुई सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएपछि अकालमै ज्यान गुमाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

शुक्रबार तीन हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं, भदौ ५ गते । कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर रोक्न लागू गरिएको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये १३ जिल्लामा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको गृहले जनाएको छ ।

चैत दोस्रो सातादेखि शुरु भएको कोरोना महामारीको दोस्रो लहर रोक्न सरकारले गत वैशाखदेखि विभिन्न मितिबाट लागू हुने गरि जारी गरेको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू भएको गृहले जनाएको हो ।

गृह मन्त्रालयका अनुसार बाँके, पर्सा, दाङ, बागलुङ, सल्यान, प्यूठान, पर्वत, बैतडी, दैलेख, महोत्तरी, रोल्पा, म्याग्दी र मुगु जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरएको छ ।

त्यस्तै सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, नुवाकोट, धनुषा र अर्घाखाँचीमा निषेधाज्ञा लागू गरिएको छ ।

गृहका अनुसार डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम, इलाम, सिन्धुपाल्चोक, धनकुटा, अछाम, धादिङ, रौतहत, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, ओखलढुंगा, पाँचथर र तेह्रथुममा निषेधाज्ञा जारी रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत तराईका विभिन्न जिल्लामा पाँच सय र पहाडी जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विवरणमा प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा र स्याङ्जा, लुम्बिनी प्रदेशको दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै प्रदेश १ को धनकुटा र इलाम, प्रदेश २ को धनुषा, बारा, सप्तरी र सिराहा, बागमती प्रदेशको धादिङ, सिन्धुली र रामेछाप, गण्डकी प्रदेशको तनहुँ, लमजुङ र पर्वत, लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा दुई सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएपछि अकालमै ज्यान गुमाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ । शुक्रबार तीन हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।