११ बैशाख २०८१, मंगलवार

दल दर्ता प्रक्रिया पूरा हुनेबित्तिकै राष्ट्रिय सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं : नेपाल

madhav
फाइल फोटो

वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा भर्खरै मात्र निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेकाे नयाँ पार्टी नेकपा एकीकृत (समाजवादी) ले दल दर्ता प्रक्रियाको वैधानिकता पूरा भए लगत्तै राष्ट्रिय सम्मेलन गरी अहिले समावेश नभएका अनुभवी एवम् योग्य सदस्यहरुलाई समावेश गर्दै केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाएको छ ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफूहरुको पहलमा बनेको लोकप्रिय पार्टी नेकपा (एमाले) को एकताका सबै ढोका बन्द गर्दै पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त गर्ने कोसिस भएका कारण एमाले पुनगर्ठन गर्दै नयाँ पार्टी गठन गरिएको बताइएको छ ।

हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पु¥याउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ ।

हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ, सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।