६ चैत्र २०८०, मंगलवार

नेताले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई दिए अल्टिमेटम, माग पूरा नभए कडा कदम चाल्ने चेतावनी

cpn uml second gen neta

नयाँ पार्टी गठनमा माधवकुमार नेपाललाई साथ नदिएर एमालेमै बसेको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता नहुँदै १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ ।

स्थायी कमिटी, केन्द्रीय सदस्य र संघीय सांसदको संयुक्त बैठकले पार्टीलाई एक राख्नै भन्दै छिटो भन्दा छिटो १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई दबाब दिएको हो ।

९ गते निर्वाचन आयोगले सनाखतका लागि माधवकुमार नेपाललाई बोलाएकोले त्यस अघि नै ओलीले यो माग सम्बोधन गर्नुपर्ने यो समूहको माग छ ।

यस्तै माधवकुमार नेपाल सहित १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता गर्न पनि यो समूहले माग गरेको छ ।

यस्तै एकताका लागि भन्दै यो समूहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दल दर्ता गर्ने प्रक्रियाबाट पछि हट्न आग्रह गरेको छ ।

बैठकले गाली गलौज र द्वन्द्वमा नउत्रि उच्च राजनीतिक संस्कार देखाउन पनि पार्टी कार्यकर्ताहरुलाई अपील गरेको छ । एकताका लागि आफूहरु लाग्ने भन्दै सहयोग गर्न पनि यो समूहले आग्रह गरेको छ ।

माग पूरा नभए स्थायी समितिको बैठक बसेर कडा कदम चाल्ने यो समूहको निर्णय छ ।