२० बैशाख २०८१, बिहीबार

कोरोनाको संक्रमणविरुद्ध लड्न नेपाली सेनाको थाल्यो पूर्वाभ्यास (तस्वीरसहित)

RS KTM

नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तिव्र पारेको छ । सेनाले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको हो।

सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तामिल दिएको छ । उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो ।

RoS KTM

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड– १९ को उपचार पूर्वाभ्यासका लागि अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शङ्कास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिनेसम्बन्धी सम्पूर्ण जानकारी गराइएको छ । त्रिपालमा क्वारेन्टाइन स्थलको लेआउट विधिबारे पनि जानकारी दिइएको छ ।

बिरामीलाई अस्पतालमा गरिने उपचार विधि र प्रक्रियाका साथै क्वारेन्टाइनमा रहँदा चिकित्सकबाट प्रदान हुने सेवा तथा जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनु पर्ने सजगताका सम्बन्धमा सङ्गठन मातहतका निकाय र सर्वसाधारणलाई सञ्चारमाध्यममार्फत जानकारी गराउन पूर्वाभ्यास गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । पूर्वाभ्यासका लागि त्यहाँ ६० भन्दा बढी पाल ९टेन्ट० स्थापना गरिएको छ ।

RoS KTM 20200318 MG 5800 768x512 1

सङ्क्रमण आशङ्का भई अस्पताल पुग्ने बिरामीलाई दिइने स्वास्थ्य सेवा, जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनुपर्ने सचेतना र क्वारेन्टाइनमा रहँदा हेक्का राख्नुपर्ने विषयका बारेमा पूर्वभ्यासका क्रममा प्रमुख सेनानी डा मुन थापा र सेनानी ली बुढाथोकीले जानकारी दिए । चिकित्सक ५० र अन्य गरी १८१ जनाको चिकित्सा टोली पूर्वाभ्यासमा संलग्न छ । यस्तो पूर्वाभ्यास आवश्यकतानुसार भइरहने छ ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि हातधुने तरिका, चिकित्सकले अपनाउनुपर्ने सावधानी, बिरामीको तामक्रम लिँदा पुर्‍याउनुपर्ने सावधानीलगायत विषयमा जानकारी दिइने छ ।

Army corona treatment practice

पूर्वाभ्यासबाट जङ्गीअड्डा मातहतका विभिन्न निकाय र अन्य सर्वसाधारणका लागि समेत कोभिड–१९ उपचार विधि र अपनाउनुपर्ने पद्धतिबारे जानकारी लिन सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

Army corona treatment practice 1

सैनिक मुख्यालय र मातहतका निकायका कार्यालय प्रवेश गर्नुअघि ज्वरो भएको नभएको यकिन गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने कार्य शुरु भइसकेको छ । नेपालमा हालसम्म कोभिड–१९ का बिरामी फेला परिसकेका छैनन् । तस्वीर : रासस

    सम्बन्धित समाचार...