१४ बैशाख २०८१, शुक्रबार

निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

Niranjan jha

सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा सप्तरीका निरन्जन झालाई नियुक्त गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।
झा एमाले समाजवादीका युवा नेता तथा नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेपछि स्पष्टीकरण नदिई राजीनामा दिनुभएको थियो ।

झा माधव नेपालनिकट नेता हुन् । सप्तरीका झा एमाले समाजवादीका नेता पनि हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीमा गुरु भट्टराईलाई नियुक्त गरेको थियो ।

सरकार परिवर्तनपछि भट्टराईलाई स्पष्टीकरण सोधिएकामा उनले त्यसको जवाफ नदिइ राजीनामा दिएका थिए । बिहीबार बसेको मन्त्रिपरिषद्ले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालनिकट यादव शर्मालाई नियुक्त गरेको थियो ।