१३ बैशाख २०८१, बिहीबार

आजबाट कास्कीमा सवारी साधनमा जोर-बिजोर लागू

lockdown
फाइल फोटो

कास्कीमा आजबाट सवारी साधनमा जोर-बिजोर प्रणाली लागू भएको छ ।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरेको हो ।

यस सँगै जोर गते जोर नम्बरका सवारीसाधन तथा बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने भएका छन् । आज जोर नम्बरका सवारीसाधन मात्र सञ्चालन हुन पाउनेछन । अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर-बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ ।

प्रशासनले गए राति १२ बजेबाट लागू हुनेगरी भदौ १० गते राति १२ बजेसम्म एक साता निषेधाज्ञाको समय थप गरेको हो ।

जिल्लामा यसअघि निषेधाज्ञा जारी गरिएका सेवा व्यवसायहरुमा पुन: एक साता बन्देज लगाइएको छ । विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पुर्व निर्धारित बाहेकका परिक्षा सञ्चालन नगर्न भनिएको छ । मानिसहरु भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ ।

पुर्व निर्धारित बैबाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा १५ जना मात्र सामेल भइ गर्न सकिने प्रशासनले जनाएको छ ।