१५ चैत्र २०८०, बिहीबार

प्रदीप नेपालको नाम लगेर शेरबहादुर देउवालाई बेच्ने ?: ओली

60f964c6c092c kp sharma oli 1

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले व्यक्तिगत स्वार्थका लागि कतिपय नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवालाई बेच्न खोजेको आरोप लगाए ।

पार्टी विभाजनपछि पहिलोपटक सम्बोधन गर्दै उनले प्रदीप नेपाल जस्तो नेताको नाम समेत बेच्न खोजेको भन्दै माधव नेपालप्रति आक्रोश पोखे ।

‘प्रदीप नेपालले ठिक गर्नुभयो, माधव नेपालको लिष्टमा छैन भन्नुभयो,’ ओलीले भने, ‘प्रदीप नेपाल जत्तिको मान्छेको नाम लगेर बेच्ने ? शेरबहादुर देउवालाई बेच्ने ?’

पार्टीका कतिपय नेता कार्यकर्तालाई माधव नेपालले व्यक्तिगत स्वार्थका लागि विक्री गर्न खोजेको भन्दै तत्काल नाम कटाएर फर्कन आग्रह गरे । माधव नेपालले राखेको सूचीबाट नाम कटाएर फर्कन आग्रह गरे ।

माधव नेपालले व्यक्तिगत इगोका लागि पार्टी विभाजन गरेको ओलीको आरोप थियो । उनले नेपाललाई अध्यक्ष नभई नहुने रोग लागेको टिप्पणी समेत गरे ।