२२ बैशाख २०८१, शनिबार

देवघाटको पुलबाट हामफालेर एक वेपत्ता, पुलछेउमा भेटियो बेबारिसे मोटरसाइकल

Capture 5

देवघाटधामको झोलुङ्गे पुलबाट हाम फालेर एक जना वेपत्ता भएका छन । बुधबार साँझ ६:४० बजे भरतपुर महानगरपालिका १ देवघाट स्थित चितवन र तनहुँ जोड्ने सो पुलको विच भागबाट पहिचान नखुलेका एक पुरुषले हाम फालेका थिए ।

घटना भएको थाहा पाएपछि गएको रबर बोट सहितको प्रहरी टोलीले खोजतलास गरेको थियो । बुधबार ९ बजेसम्म वेपत्ता पुरुषलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

सो झोलुङ्गे पुल नजिक प्रहरीले बेबारिसे अबस्थामा प्रदेश ३–०२–०१० प २८२३ नम्बरको मोटरसाइकल फेला पारेको छ । सो मोटरसाइकलका बारेमा जानकारी भएकाले सम्पर्क राख्न चितवन प्रहरीले अनुरोध गरेको छ ।