१५ बैशाख २०८१, शनिबार

नेपाल पक्षीय पार्टीको नाम नेकपा एमाले समाजवादी, चुनाव चिन्ह खुला किताब

madhav
फाइल फोटो

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पार्टीको नाम र चुनाव चिन्ह टुंगो लगाएको छ ।

नयाँ पार्टी आजै दर्ता गर्ने तयारी रहेको एक केन्द्रीय सदस्यले बताए ।

पार्टीको नाम नेकपा एमाले समाजवादी रहने र चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको उनले बताए ।

नेपाल पक्षले उक्त नाम र चिन्ह लिएर निर्वाचन आयोग जाने तयारी छ ।

पार्टी विभाजनका लागि सहजीकरण गर्न सरकारले मंगलबार मात्रै अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले केहीबेर अघि मात्रै राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।