१५ चैत्र २०८०, बिहीबार

उपत्यकामा फोहोरको पहाड, अझै दुई हप्ता फोहोर नउठ्ने

phohor

काठमण्डौं उपत्यकाको फोहोर नउठ्दा दुर्गन्ध फैलिन थालेको छ । वर्षाले बाटो बिग्रिएपछि उपत्यकाको फोहोर उठाउने काम अवरुद्ध भएपछि गल्लीगल्लीमा थुपारिएको फोहोरका कारण दुर्गन्ध फैलिन थालेको हो ।

उपत्यकामा जथाभावी फोहोर फलिँदा स्थानीय र पैदलयात्रीलाई सास्ती भएको छ । फोहोर थुपारिएका स्थानहरुमा स्थानीयलाई नाकथुनेर बस्नुपर्ने बाध्यता रहेको छ । जथाभावी थुपारिएको फोहोरको दुर्गन्धका कारण संक्रमण फैलिने संम्भावना रहेकोले सबै जना सचेत हुन पनि आवश्यक रहेको छ ।

ठाउँठाउँमा फोहोरको पहाड छ फोहोरको दुर्गन्धका कारण घरभित्र बस्न समेत सक्ने अवस्था नरहेको बेला काठमाण्डौं महानगरपालिका सडक बिग्रेको बाहनामा फोहोर नउठाई बसेको सर्वसाधरणको आरोप रहेको छ ।

फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलमा सडक विग्रिएका कारण उपत्यकाको फोहोर नउठेको काठमाण्डौं महानगरपालिकाले जनाएको छ । करिब ८० मिटर सडक बिग्रँदा काठमाण्डौंको फोहोर लिएर सिसडोल पुगेका गाडीहरु सडकमै रोकेका कारण पनि फोहोर उठ्न नसकेको हो । काठमण्डौंमा अझै दुई हप्ता फोहोर नउठ्ने महानगरपालिकाले जनाएको छ ।