१४ बैशाख २०८१, शुक्रबार

चार्टर्ड जहाजमा काठमाडौं आइपुगे अफगानिस्तान गएका ११८ नेपाली

611b4e4dbf89e uddhar123

अफगानिस्तानबाट १ सय १८ नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेर कतारको दोहा हुँदै आज विहान ९ भारतीयसहित १ सय २७ जनालाई अमेरिकाले काठमाडौं ल्याएको हो ।

अफगानिस्तान तालिबानको कब्जामा परेपछि अमेरिकी दुतावासमा सुरक्षागार्डका रुपमा रहेका ३७५ नेपालीलाई अमेरिकाले काबुलबाट उद्धार गरेर कतारको दोहामा पुर्याएको छ । त्यसमध्ये ११८ जना नेपालीलाई अमेरिकाले जजिरा एयरलाइन्सको विमान चार्टर्ड गरेर मंगलबार विहान नेपाल फर्काइको छ । नेपालीसँगै ९ जना भारतीय पनि काठमाडौं आएका छन् ।

ज्यान बाजी राखेर स्वदेश फर्किएकाहरु खुशीले गदगद छन् ।उनीहरुले सुरक्षाका साथ नेपाल ल्याइदिएको अमेरिकी फौजलाई धन्यवाद दिएका छन् । आफूहरु स्वेदश आएपनि त्रासकाबीच विचल्ली अवस्थामा रहेका नेपालीलाई जतिसक्दो छिटो स्वदेश फर्काउने उनीहरुले सरकारलाई आग्रह गरेका छन् ।

२० वर्षपछि अफगानिस्तँन फेरि तालिवानको कब्जामा आएपछि पछ्रिल्ला दिनमा अफगानिस्तानमा रहेका नेपाली स्वदेश फिर्तीको पर्खाइमा छन् । वैदेशिक रोजगार व्यवासायी संघका अनुसारका करिब १५ हजार नेपाली अफगानिस्तानमा छन् ।

तर औपचारिक तथा अनौपचारिक स्रोतबाट सरकारीस्तरमा प्राप्त तथ्यांक भने २ हजार हाराहारी मात्रै छ । सरकारले नेपाल फर्कन चाहनेलाई कन्सुलर सेवा विभागको वेभपोर्टलमा विवरण दर्ता गर्न आह्वान गरेको छ । जसमा आइतबार बेलुकीसम्म १३४ जनाले मात्रै विवरण उपलब्ध गराएका छन् ।