१६ चैत्र २०८०, शुक्रबार

नयाँ केन्द्रीय कमिटीको विवरण पठायो एमालेले निर्वाचन आयोगमा

Uml New office 1024x538 1

निर्वाचन आयोगमा नेकपा एमालेले केन्द्रीय सदस्यको नयाँ विवरण पठाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा एमालेले नयाँ केन्द्रीय सदस्यको विवरण पठाएको जानकारी दिनुभयो । उहाँको अनुसार दुई सय ६० नयाँ नामसहित केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गरिदिन भन्दै एमालेले आयोगलाई पत्र पठाएको हो ।

यसअघि एमालेमा २०३ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो ।