१६ चैत्र २०८०, शुक्रबार

फिल्म निर्माता तथा छायांकार भीम रानाको निधन

Bhim rana

फिल्म निर्माता तथा छायांकार भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । झण्डै एक महिनादेखि कोरोनाको संक्रमणसँग जुधिरहेका ५८ वर्षीय रानाको मंगलबार बिहान निधन भएको हो ।

राना फिल्म ‘माइली’को निर्मातासमेत थिए । उनले फिल्म ‘माया प्रीति’मा अभिनय गरेका थिए । भीम ‘वीर गणेशमान’, ‘भगवान’, ‘सम्झना’, ‘निशाना’ ‘अपहरण’, ‘राज्य’ जस्ता फिल्मका छायांकार पनि थिए ।