
फाइल फोटो
नेकपा एमालेका बरिष्ठ नेता मावधकुमार नेपाल समूहको बैठक सिंहदरबारमा जारी छ । नेपाल समूहको भेलामा केपी शर्मा ओली पक्षका चार सांसद पनि पुगेका छन् ।
बैठकबाट बाहिरिएलतत्तै ओली समूहका चार नेता सिंहदरबार पुगेका हुन् । सिंहदरबारमा नेपाल पक्षका तेस्रो तहका नेताहरुको छलफलमा छन ।
माधव समूहका भेलामा ओली समूहका सांसद्हरु कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र नवराज सिलवाल पुगेका हुन् ।
उनीहरुले नेपाल समूहका दिपक प्रकाश भट्ट, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार पवित्रा निरौला, झपट रावल लगायतसँग छलफल गरेका छन् ।
एमाले विवादपछि पार्टी विभाजनतर्फ उन्मुख भएको छ । सरकारले आजै दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश पनि ल्याएको छ ।