१४ बैशाख २०८१, शुक्रबार

एमालेमा ८ सांसदलाई हटाउने तयारी, आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची

Uml New office 1024x538 1

नेकपा एमालेले ८ समानुपातिक सांसदलाई हटाउने तयारी गरेको छ । समानुपातिक ८ सांसदलाई कारबाही गर्ने तयारी हो ।

यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागिएको एक नेताले बताए ।

यस्तै एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।

नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो ।

हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ ।