१२ बैशाख २०८१, बुधबार

भदौ मसान्तसम्म सिराहामा निषेधाज्ञा

siraha cdo office

सिराहामा निषेधाज्ञाको समय एक महिना थप गरिएको छ । जिल्ला कोभिड–१९ सकंट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञाको समयावधि यही भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले गत साउन ३२ गतेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला शैलुन र होटलबाहेकका पसल, व्यवसायी बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्ने दिने निर्णय भएको उनले बताए । यद्यपि हाटबजार लगाउन पाइने छैन । सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने जनाइएको छ ।