१४ बैशाख २०८१, शुक्रबार

ओली पक्षको निचोड: ‘माधव समूह पार्टी फुटाउन क्रियाशील गिरोहको संज्ञा’

kp oli
फाइल फोटो

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका केही व्यक्तिहरु पार्टी फुटाउन क्रियाशील रहेको निचोड निकालेको छ ।

अन्तर पार्टी निर्देशनमा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललगायत केही व्यक्तिहरु पार्टी विभाजनका लागि सक्रिय रहेको निचोड निकालेको उल्लेख गरेको हो ।

‘यति हुँदाहुँदै पनि पार्टी एकताको पवित्र उद्देश्यका साथ यसबीच पार्टीले हदैसम्म लचिलो भएर प्रयास गरिरहेको छ।’ अपानिमा नेपाल समूहलाई गिरोहको संज्ञा पनि दिइएको छ ।

कार्यदलको गठन, १० बुँदे प्रस्तावको अनुमोदन र कार्यान्वयन गर्ने निर्णय तथा यसबीच अगाडि सारिएका विभिन्न प्रस्ताव यसै प्रयोजनका लागि रहेको तर एकपछि अर्को शर्त र असम्भव खालका मागहरू तेर्स्याउँदै पार्टी फुटाउने प्रयासलाई अन्तिम टुङ्गोमा पुर्‍याउने काम भइरहेको बताइएको छ ।

पार्टीका गुटगत बैठक भने रोक्न माग गर्ने, पार्टी सदस्यता नवीकरण नगर्न आह्वान गर्ने, पार्टीका नियमित काम र निर्वाचनका तयारीमा लाग्न नदिने, महाधिवेशन तयारी गर्न नदिने माग र दबाब दिने काम भइरहेको भन्दै स्वीकार्य नहुने उक्त निर्देशनमा उल्लेख छ ।

‘जेसुकै उद्देश्यले गरिएको भए पनि यस्ता मागले पार्टीलाई क्रमशः गतिहीन, निष्प्रभावी र पार्टीको वैधानिक हैसियत समाप्तिको दिशामा लैजान्छन्। तसर्थ यी मागहरू स्वीकार्य छैनन्’ निर्देशनमा भनिएको छ ।