१२ बैशाख २०८१, बुधबार

चीनले तालिवानको जितप्रति जनायो यस्तो प्रतिक्रिया

china taliwan

चीनले तालिवानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको जनाएको छ ।

अफगानिस्तानमा तालिवानको कब्जापछि पहिलोपल्ट प्रतिक्रिया दिँदै चीनले मैत्रीपूर्ण सम्बन्ध राख्ने जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ छुनले अफगानी नागरिकको छनोटको सम्मान गर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । उनले अफगान जनताले आफ्नो भाग्यको निर्णय आफैंले गरुन् भन्दै चीनले उनीहरुको अधिकारको सम्मान गर्ने बताइन् ।

प्रवक्ता हुआले अहिलेको अबस्थाको शान्तिपूर्ण रुपान्तरण र आतंकवादको अन्त्य हुनेमा चीन आशावादी रहेको पनि उल्लेख गरेकी छन् ।

यसअघि गत महिना तालिवान नेता अब्दुल गनी बारदारले बेइजिङ भ्रमण गरेर विदेशमन्त्री वाङ यीलगायतसँग भेटवार्ता गरेका थिए । विभिन्न मुलुकले काबुलमा रहेका आफ्ना दुतावास बन्द गरे पनि चीन र रुसले भने गरेका छैनन् ।