१५ चैत्र २०८०, बिहीबार

‘ढुक्क हुनुस् प्रधानमन्त्रीले निन्द्रा नलागे राष्ट्रपतिलाई रातभर जागा राख्दैन’: साही

shahi

अहिलेको सरकारले पहिलेको सरकार जस्तो काम नगर्ने सांसद रंगमती साहीले बताएकी छिन् । आज बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै साहीले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘ढुक्क हुनुस्, यो सरकारको प्रधानमन्त्रीले आफूलाई निन्द्रा नलागे राष्ट्रपतिलाई रातभर जागा राख्दैन ।’ सांसद साहीले अघिल्लो सरकारले आफ्नो घरपनि नबानाएको र अरुलाई पनि बनाउन नदिएको बताइन् ।

उनले थपिन्, ‘यो सरकारले नयाँ नक्सा छापेको पुस्तक वितरण गर्न रोक्दैन, भ्रष्ट्रचारीलाई जोगाउन अक्तियार प्रमुख भएर आफै फोन गर्दैन्, प्रधानमन्त्री निवास र सिंहदरवारलाई पार्टी कार्यलयमा परिणत गर्दैन्, सरकार जोगाउन पशुपतिमा सुनको जलरी चढाउँदैन ।’

    सम्बन्धित समाचार...