८ बैशाख २०८१, शनिबार

यथाशीघ्र अफगानिस्तानमा रहेका नेपालीहरूलाई नेपाल ल्याउने व्यवस्था गर्न सरकारलाई सभामुखको रुलिङ

Agni sapkota

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई यथाशीघ्र नेपाल ल्याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गर्न सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यस लगत्तै सभामुख सापकोटाले अफगानिस्तानमा भएको घटनामा आफ्नो र संसद्को गम्भीर ध्यानाकर्षण भएको भन्नुहुँदै तत्काल उनीहरूलाई सुरक्षित रुपमा ल्याउने व्यवस्था गर्न र सो सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो ।