१५ चैत्र २०८०, बिहीबार

हेर्नुहोस् भिडियो- घानीले देश छाड्दाको दृश्य, विदेश भाग्दा जे देखियो

Ghani

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेका छन् । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेका हुन्।

सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ ।

प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएको जनाइएको छ । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।

सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

Ghani
Capture 4
afghan president ghani leaves for tajikistan