२६ बैशाख २०८१, बुधबार

तालिबानको धम्कीपछि अफगानिस्तानका राष्ट्रपतिले छाडे देश

afghanistan president

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

विद्रोही संगठन तालिवानले धम्की दिएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाेडेका हुन् । बीबीसीका अनुसार तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

उनी कुन देश गए भन्ने अहिलेसम्म जानकारी दिइएकाे छैन । याे समाचार अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

अलजजिराले आन्तरिक मामिला मन्त्रालयका एक उच्च अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति घानी ताजिकिस्तानका लागि प्रस्थान गर्नुभएको उल्लेख गरेको छ । शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र सरकारबीच वार्ता तथा सम्वाद चलिरहँदा राष्ट्रपति घानी बाहिरिनुभएको हो ।

राष्ट्रपतिको कार्यालयले भने रोयटर्ससँगको कुराकानीमा सुरक्षाको कारणले राष्ट्रपति घानीको गतिबिधि खोल्न नमिल्ने बताएको छ । तालिबानले भने राष्ट्रपति घानीको बर्हिगमनबारे तथ्य जाँच गरिरहेको जनाएको छ । यसअघि सरकारले रक्तपात गर्न नचाहेको भन्दै शान्तीपूर्ण सत्ता हस्तान्तरणको लागि सहमति भएको बताएको थियो ।

ह्जारौंको संख्यामा रहेका तालिबान बिद्रोहीले आइतबार मध्यान्हबाट चारैतर्फ राजधानी काबुललाई घेरा हाल्दै बर्हिगमन र प्रबेश बन्द गरेको थियो ।