१३ बैशाख २०८१, बिहीबार

महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने माओवादीको निर्णय

moist center 3

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गरेको छ ।

दुईदिन सम्म काठमाडौंमा चलेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित रहने गरी कोटा निर्धारण गरको हो ।

बैठकको निर्णयका बिषयमा जानकारी दिँदै स्थायी कमिटि सदस्य नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका महिला, दलितका लागि कोटा निर्धारण गरेको जानकारी दिनुभयो ।

त्यस्तै पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै आगामी पुस ११ गते देखि १३ गते सम्म राष्ट्रिय सम्मेलन पनि आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले प्रतिगमनको खतरा कायमै रहको भन्दै बाम लोकतान्त्रिक गठबन्धन आवश्यक पर्दा सम्म कायम राख्ने पनि निर्णय गरेको छ ।

बैठकले अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।