४ बैशाख २०८१, मंगलवार

युभेन्ट्सका खेलाडी रुगानीलाई कोरोना संक्रमण

Daniele Rugani

इटालियन राष्ट्रिय फुटबल टोलीका खेलाडी ड्यानियल रुगानी कोभिड-१९ कोरोना भाइरसबाट संक्रमित भएका छन् । २५ वर्षीय रुगानीको कोरोना भाइरस परीक्षणको नतिजा पोजेटिभ आएको समाचारमा जनाइएको छ। रिपोर्ट फजिटिभ आएपनि हालसम्म उनमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको रुगानीले बताएका छन् ।

उनले ट्विटरमार्फत आफू ठीक अवस्थामा रहेको र आफ्नो खबरले चिन्तित नहुन शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । मेरो समाचार पढ्नुभयो होला चिन्ता लिने सबैलाई आश्वस्त पार्न चहान्छु म ठीक छुु रुगानीले ट्विटरमा लेखेका छन् । उनले भाइरस जो कोहीलाई नछोड्ने भएकाले सरकारको नियम पालना गर्न सबैलाई सुझाव दिएका छन्

रुगानी इटालियन क्लब युभेन्ट्सका खेलाडी हुन् । पछिल्लो पटक यही मार्च ८ मा इन्टरमिलानविरुद्धको खेलमा रुगानी परिवर्तित खेलाडीको रुपमा टोलीबाट खेलेका थिए। एजेन्सी