६ चैत्र २०८०, मंगलवार

इटाली र चिनिया पर्यटकलाई विमानस्थलबाटै फकाईयो

Kathmandu Airport

स्वास्थ्य प्रमाणपत्र नलिई आएका पाँच विदेशीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशबाट रोकेको छ । दुई इटाली, दुई चिनियाँ र एक ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार फकाईएको नयाँ पत्रिकामा खबर छ ।

आठ देशका नागरिक र ती देश ट्रान्जिट भएर आउने अन्य देशका नागरिकले समेत नेपाल आउँदा आफुलाई कोरोना संक्रमण नभएको भनेर स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने नियम सरकारले लागू गरेको हो । मंगलबारदेखि यस्तो नियम लागू गरिएको हो ।