१४ मंसिर २०७८, मंगलवार

(भिडियो सहित) शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न अफगानिस्तान सरकार तयार

abdul sartak miraj

अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने बताएका छन ।

तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले यस्तो बताएका बताएका हुन् ।

रेकर्ड गरिएको सन्देशमा उनले भनेका छन, ‘अफगान जनताले चिन्ता गर्नुपर्दैन, सहरमा कुनै हमला हुँदैन । संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन्छ ।’

तालिबानले शक्ति प्रयोग गरेर राजधानी कब्जा नगर्ने बताएसँगै काबुलमा पछिल्लो समय आतङ्क केही कम भएको अलजजिराले जनाएको छ । सडकमा देखिएको ट्राफिक केही कम भएको छ । गृह मन्त्रालयले पनि लडाकुहरू सहरको प्रवेशद्वारमा रहेको तर मुख्य सहरमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।