१४ बैशाख २०८१, शुक्रबार

तालिबान काबुलमा प्रबेश गर्न लाग्दा राष्ट्रपति घानी आकस्मिक छलफलमा

taliban

राष्ट्रपति अशरफ घानी अमेरिकी राजदूत तथा नेटोका अन्य अधिकारीहरुसँग आकस्मिक छलफलमा जुटनुभएको छ । विद्रोही तालिबान काबुलमा चारैतिरबाट प्रवेश गर्ने तयारी गरिरहँदा राष्ट्रपति घानी छलफलमा जुटनुभएको हो ।

तालिबानले हिंसा सुरु गरेयता शनिबार पहिलो पटक देशवासीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति घानीले देश अत्यन्तै खतरनाक अवस्थामा पुगेको बताउनुभएको थियो ।

अफगानिस्तानको सुरक्षा र प्रतिरक्षालाई मजबूत बनाउन प्रयासहरु भइरहेको उहाँले बताउनुभएको थियो । तर तालिबान काबुलमा प्रवेश गर्न खोज्दा तालिबानले सेनाबाट थोरै मात्रै अवरोधको सामना गर्नुपरेकाे छ ।

सुरक्षाकर्मी हतोत्साहित भएर तालिबानसँग भिडने स्थितिमा नरहँदा राष्ट्रपति अशरफ घानीमाथि राजिनामाका लागि दबाब बनेको छ । अमेरिकाले भने काबुलस्थित आफ्नो दूतावास खाली गराउने प्रक्रियाका लागि पाँच हजारभन्दा बढी सेना सहयोगका लागि तैनाथ गरेको छ ।