७ बैशाख २०८१, शुक्रबार

नुवाकोटमा एमसीसीले अधिग्रहण गरेको जग्गामा राष्ट्रिय झण्डा गाडियो, संरचना निर्माण गरेमा ध्वस्त गर्ने चेतावनी

m1 VEyjXHepTE

नुवाकोटको बेलकोटगढी नपा वडा नं. ९ रातमाटेमा एमसीसीका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेका छन् ।

शनिबार अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर सो स्थान कब्जा गरेको घोषणा गरिएको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले जानकारी दिए । एमसीसीले सो जग्गामा कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने नेपालले चेतावनीसमेत दिए ।

शनिबार भएको प्रदर्शनमा ४ सय रोपनी जमीनमा नारा जुलुससहित एमसीसी चाहिँदैन, नेपाल आमा जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाइएका थिए । प्रदर्शनकै वीचमा सो स्थानमा राष्ट्रिय झण्डा गाडेर उक्त स्थानमा कुनै पनि संरचना निर्माण गर्न नदिने र निर्माण गरेमा तत्काल ध्वस्त गर्ने चेतावनीसमेत दिइएको थियो ।