
लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरुवात गरेको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।
नर्विचको मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।
६५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो । त्यसपछि खेलको ७४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।
नर्विचविरुद्ध गोल गरेसँगै सलाहले प्रिमियर लिगमा कीर्तिमान बनाएका छन् । सलाहले लगातार पाँच सिजनको पहिलो खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
जितसँगै लिभरपुलले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।नर्विचले भने हारबाट सिजनको सुरुवात गरेको छ ।