१६ चैत्र २०८०, शुक्रबार

नेपाली फिल्म ‘एक्स नाइन’मा सोनुलाई प्रस्ताव

Sonu Sood

निर्देशक मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म ‘एक्स नाइन’का लागि बलिउड अभिनेता सोनु सुदलाई अफर गरिएको छ । यस अघि फिल्ममा खलपात्रको रुपमा बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको थियो ।

तर,सुनिलले यो फिल्मका लागि १ करोड भारतीय रुपैयाँ पारिश्रमिक मागेपछि निर्माण टिमले सानुलाई प्रस्ताव गरेको छ । निर्माण पक्षका अनुसार सोनुले सुनिलको भन्दा आधा रकम माग गरेका छन् । सुनिलको भन्दा कम रकम सोनुले मागेका कारण फिल्ममा सोनु सुद जोडिने संभावना बढेको हो ।

यो फिल्मका लागि नायक अनमोल केसी र सौगात मल्ल फाइनल भैसकेका छन् । यो फिल्मका लागि अनमोलले महंगो पारिश्रमिक लिएको समाचार बाहिरिएको छ ।तर, निर्माण पक्षले भने यस बारे कुनै प्रतिक्रिया दिएका छैनन् । जनवरी महिनाबाट छायांकन सुरु गरिने यो फिल्मलाई नेपालसँगै यूरोपमा विभिन्न देशमा खिचिने निर्माण पक्षले जानकारी दिइसकेको छ ।